FAQs Complain Problems

सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वार्ड न. २ को सार्बजनिक सुनुवाई कार्यक्रम को झलक , २०७५ माघ ७ गते
वार्ड न. १ को सार्बजनिक सुनुवाई कार्यक्रम को झलक , २०७५ माघ ११ गते
वार्ड न. १ को सार्बजनिक सुनुवाई कार्यक्रम को झलक , २०७५ माघ ११ गते
वार्ड न. २ को सार्बजनिक सुनुवाई कार्यक्रम को झलक , २०७५ माघ ७ गते
वार्ड न. १ को सार्बजनिक सुनुवाई कार्यक्रम को झलक , २०७५ माघ ११ गते

पाल्हीनन्दन गाउँपालिका वडा नं २ मा मिति २०७५ माघ ७ गते  र वडा १ मा मिति २०७५ माघ ११ गते  जनप्रतिनिधि र नागरिक बीच सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ |  रडियो परासीको सहजीकरण र समन्वयमा यो कार्यक्रम भएको थियो |

उक्त कार्यक्रममा नागरिकले जनप्रतिनिधि संग बिशेष गरि बिकाश निर्माण र सेवा प्रवाहको बिषयमा प्रश्न तथा  गुनासो राखेका थिए | 

गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले, जनताले बिकाश निर्माणको काममा देखाएको चासो देखेर आफु निकै खुसि र सकारात्मक रहेको बताउनु भएको थियो | नागरिकको गुनासो सुन्ने र जवाफ दिने क्रममा गाउँपालिका अध्यक्षले वडाभित्रका विभिन्न सडकको कालोपत्र गर्ने, सीमाक्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिने, सुविधासम्पन्न अस्पतालको व्यस्था गर्ने, वडा कार्यालयबाटै कर तिर्ने सुविधा , झरही नदीमा तटबन्ध, प्राविधिक शिक्षालयको स्थापना , प्रसूतिगृहको  स्थापना, स्वास्थ्य संस्थामा सहजरूपमा औषधि पाउने व्यवस्था , वडा नं ४ मा रहेको पाल्ही प्राथमिक स्वास्थ केन्द्रको स्तरन्नोति गरी १५ श्ययाको अस्पताल बनाउने र  तीन महीनाभित्र प्रत्येक वडाबाटै कर सङ्कलनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो | यसको लागि सबैको सल्लाह, सुझाव र सहयोगको अपेक्षा रहेको पनि बताउनु भएको थियो । 

आर्थिक वर्ष: